कञ्चनपुरमा ज्वरोका बिरामीमा कोरोनाको जस्तै लक्षण देखिन थाल्यो
धनगढी १ भाद्र । कञ्चनपुरमा ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ।कञ्चनपुरमा ज्वरोका बिरामीको सङ्ख्या बढिरहेको छ ।दैनिक ३० देखि ३५ जना ज्वरोको विरामी आउने गरेको देखतभुली स्वास्थ्य चौकीका प्रमुख लीलाकान्त झा ले बताए ।लालझाडी गाउँपालिकाको अनुसार समस्या लिएर आउने अधिकासं ज्वरोका विरामी रहेका छन् ।
स्वास्थ्यचौकी पुग्ने ज्वरोका बिरामीमध्ये आधाभन्दा बढीमा कोरोनाको जस्तै लक्षण देखिने गरेको छ । तर त्यो हुनसकेको छैन ।शुक्लाफाँटा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक उपचारका लागि पुग्ने ३०० बढी बिरामीमध्ये आधा बढी बिरामी ज्वरोका रहेकाछन्। तीमध्ये धेरैजसो बिरामीको लक्षण कोरोनासँग मिल्दोजुल्दो छ।
मौसम परिवर्तनसँगै ज्वरोका बिरामी बढेको उनको भनाइ छ। ज्वरोसँगै टाइफाइड, रुघाखोकीसँगै दूषित पानीका कारणसमेत बिरामीको संख्या बढेको छ। दोधारा चाँदनी प्राथमिक स्वास्थ केन्द्रका चिकित्सक आशिष पोख्रेलका अनुसार दैनिक केन्द्रमा १०० बढी बिरामी उपचारका लागि पुग्छन्। तीमध्ये ७० प्रतिशत बिरामी भाइरल ज्वरोका छन्।