डोटिमा मदिरा सेवन तथा विक्री वितरण बन्द:नियम उलंङ्गन गर्नेलाई वडाकार्यलयसम्म ढुङ्गा बोकाइने
असाढ २ डोटी । डोटीमा मदिरा विक्री वितरण तथा सेवन गर्न नपाइने भएको छ । जिल्लाको के आईसिंह गाउँपालिका वडा नम्बर ७ ले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ ।
उक्त वडाले मदिरा सेवन गर्नेलाई पन्ध्र दिन र बिक्री गर्नेलाई एक महिना वडा कार्यालयसम्म ढुङ्गा बोकाउने निर्णय गरेको छ । वडामा मदिरा बिक्री वितरण गर्ने व्यापारी तथा वडावासी सँगको छलफल पश्चात् सो कारबाही गर्ने निर्णय गरेको वडा अध्यक्ष दिल बहादुर बलायरले बताए ।
उनले जेठ १२ गते वडामा पूर्णरुपमा मदिरा बन्द गर्ने निर्णय गरेका बताए ।अध्यक्ष बलायरले भने मदिरा जुवा तास बन्द गराउँदा गाउँ समाजमा झैझगडा, अशान्ति हुने छैन ।,´उनले ,´अन्य कारबाहीले खासै समाधान नहुने हुँदा सार्वजनिक ठाउँमा ढुङ्गा बोकाउँदा लाजले पनि नगर्ला भनेर यस्तो निर्णय गर्न बाध्य भएको बताए ।
अध्यक्षले गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी होल्ड राख्नु पर्ने निर्णय समेत गरेको जानकारी दिए ।