लागूऔषध सहित कञ्चनपुरमा धनगढीका ४ जना पक्राउ

कन्चनपुर: ञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ। शनिवार साँझ जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा मसानघाटबाट १५ दशमलव ९८ ग्राम लागूऔषध खैरो हिरोइनसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट बस्ने वर्ष २२ का दीपक भट्ट, वर्ष १८ का विवेक चौधरी, वर्ष २५ का किशोर राना र वर्ष ३५ का कालुराम राना छन्।

मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.