दाङमा बस दुर्घटना : ९ महिने शिशुको मुत्यु

२६ पुस, दाङ । वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको बस दाङ देउखुरीको सिसहनियाँमा दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको हो ।
बसमा सवार ८ जनाभन्दा धेरै घाइते छन् ।

घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार थिए ।

बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस आज बिहान साढे ३ बजेतिर राप्ती गाउँपालिका वडानम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.