जिल्ला युवा सशक्तिकरण समिति डडेल्धुराको अध्यक्षमा साउद मनोनित

धनगढी ९ चैत, प्रशान्त ऐर, जिल्ला सशक्तिकरण समिति डडेल्धुराको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टि(माओवादी केन्द्र)का पूर्व जिल्ला कमिटि सदस्य तथा कार्यलय सचिव करन साउद(किरण)मनोनित भएका छन् । साँउद सँगै सुदुरपश्चिमका नौ वटै जिल्लामा नौ नौ जनागरि उक्त कार्यसमिति चयन गरिएको हो । बुधवार सामाजिक विकास मन्त्रालय मा प्रदेश युुवा परिषदका अध्यक्ष युवराज कुवरले पद तथा गोपनियताको सपथ खुवादै अध्यक्ष साँउद सहित सुदुरपश्चिमका नौ वटै जिल्लाका अध्यक्ष लाई नियुक्त गरिएको हो ।

उक्त समितिले मन्त्रालय र परिषदबाट स्वीकृत नीतिको अधीनमा रही युवा सम्बन्धी जिल्लास्तरीय योजना तथा कार्यक्र्रमको समन्वय,सहजीकरण र सँचालन गर्ने गराउने,उद्यमशीलता,रोजगारी,नेतृत्व विकास,सीप विकास तालिम लगायतका बिषयमा समन्वयकारी भुमिका निर्वाह गर्ने,युवा सम्बन्धी खण्डीकृत तथ्यांकको अद्यावधिक गर्ने लगाएतका कामहरु गर्ने छ ।

जिल्ला युवा सशत्तिकरण समिति डडेल्धुराको कार्यसमितिमा अध्यक्ष करन साउद(किरण),उपाध्यक्ष मुकुन्द प्रशाद भट्ट,कोषाध्यक्ष गौरी हमाल,सदस्यहरुमा हेमन्त मडै,खेम सिहं विस्ट,तारा कुमारी महरा(ऐर),मैना कुमारी रावल(बोहरा),जयराज सार्की र गोपाल सिंह धामी लगाएर नौ जनाको कार्यसमिति नियुक्त गरिएको हो ।

यस्तै उक्त समितिमा दिपक वि.सी कंञ्चापुरबाट,प्रकाश जैशी डोटीबाट,दिनेश अवस्थी दार्चुलाबाट, दिपक वहादुर खत्री बाजुरा बाट, देबीजग्ङ वहादुर सिंह बझङबाट, करन साउद डडेल्धुराबाट बिरेन्द्र वहादुर धामी बैतडीबाट,नयन वहादुर सोडारी अछामबाट र बाबु राजा श्रेष्ठ कैलालीबाट जिल्ला युवा सशक्तिकरण समितिको अध्यक्षमा नियुक्त भएका हुन ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.