खाने तेलको मूल्यमा ठूलो गिरावट, लिटरमै ५० रुपैयाँले घट्यो
धनगढी, २ असोज । खाने तेलको मूल्यमा ठूलो गिरावट आएको छ । सरकारले खाने तेल आयातमा भन्सार शुल्क घटाए पछि मूल्यमा ठूलो गिरावट आएको हो ।
नेपाल खुद्रा व्यापार संघका अुनसार एक महिनाको तुलनामा तेलको मूल्य लिटरमै ५० रुपैयाँसम्मले घटेको छ । सूर्यमुखी, भटमास र तोरीको तेलको मूल्य घटेको टोखा चेम्बर अफ कमर्शका अध्यक्ष सञ्जय फुँयालले जानकार दिए ।
उनका अनुसार ‘सरकारले तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल घटाउने निर्णय गरेपछि बजारमा तेलको मूल्य घटेको छ,हाल लिटरमा कम्तीमा २० देखि बढीमा ५० रुपैयाँसम्म तेलको मूल्य घटेको अध्यक्ष फुँयालले बताए ।’
उनका अनुसार अमृत, डाइमण्ड लगायतका ब्राण्डका तेलको मूल्य घटेको छ ।