बझाङमा तिन वर्षमा १०३ जनाले गरे आत्मा हत्या
धनगढी,२ भाद्र । बझाङमा छिल्ला वर्षमा आत्मा हत्याका घटनाका बढ्दै गएका छन् । बिश्व आत्महत्या रोकथाम दिवसको अवसरमा प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लामा तिन वर्षमा एक सय ३ जनाले आत्महत्या गरेको छन् ।
आत्महत्या गर्नेमा पुरुषभन्दा महिला संख्या बढी रहेको छ । तीन बर्षमा ६१ महिला र ४२ पुरुष गरी १०३ जनाले आत्महत्या गरेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आत्महत्याका घटना हरेक वर्ष बढ्दै गएको छन् ।
आत्महत्या सामाजिक र मनोवैज्ञानिक असर गर्ने भएकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने सबैको दायित्व भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी जागेश्वर भण्डारीले बताए ।
जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६–०७७ मा २० महिला र ९ पुरुष गरी २९, आर्थिक वर्ष २०७७–०७८ मा १९ महिला र १७ पुरुष गरी ३६,
आर्थिक वर्ष २०७८–०७९ मा १७ महिला र १२ जना पुरुष गरी २९ र आर्थिक वर्ष २०७९–०८० को दुई महिनामा ५ जना महिला र ४ जना पुरुष गरी ९ जनाले आत्महत्या गरेका छन् ।
विगतको तुलनामा पछिल्लो तीन बर्षमा आत्महत्या गर्नेको संख्या बढेको प्रहरी प्रमुख (डिएसपी) भण्डारीले बताए । बिश्व आत्महत्या रोकथाम दिवसको,
अवसरमा सदरमुकाम चैनपुर बजारमा जनचेतनामुलक सन्देशसहित प्रभातफेरी र सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।