अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु, ७ बेपत्ता

१ असोज, धनगढी । अछाममा पहिरोले घर पुरिंदा दुई जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता भएका छन् ।
जिल्लाको तुर्माखाद गाउँपालिका–५ काँडामा पहिरोले दुई वटा घर पुरिंदा दुई जनाको मृत्यु भएको र सात जना बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार शुक्रबार राति पहिरो जाँदा पुरिएर बेपत्ता भएकामध्ये २ जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.