त्रिनगर माविका छात्राहरु बेहोस हुदै
दिपक बम,धनगढी ३० भाद्र । धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा छात्राहरु बेहोस हुन थालेका छन । धनगढी उप–महानगरपालिका १ एल.एन.चोक स्थित त्रिनगार माध्यमिक विद्यालयमा बिहिबार सात जना छात्राहरु बेहोस भएका हुन ।
उनिहरुमा रिगटा लाग्ने, बेहोस हुने, चिच्याउने, कराउने, रुने, एक्लै भाग्ने, दात टोक्ने,काप्ने लगाएतका समस्या देखिएको प्रधानाध्यापक भुपाल सिं खड्काले जानकारी दिए । उनका अनुसार विद्यालयमा एउटा छात्रा बेहोस भएको देखेर अरुपनि बेहोस हुनेगरेका छन ।
प्रधानाध्यापक खड्काले उनिहारुको घरमा कुरा बुझ्दा पहिले पनि हुने गरेको बताए । उनले भने,“एक्काइसौं सताब्दिमा आएर भुत प्रेतको कुरामा भ्रम गर्नु हुदैन,उनिहरुको मानसिक समस्या हो।“नगरपालिकाले राखेका मनो परामर्श दाता बाट उनिहरुलाइ परामर्श दिने प्रधानाध्यापक खड्काले बताए ।
विद्यालयमा पहिले पनि फाट्फुट मात्रामा दुई, चार जनामा यस्तो समस्या हुने गरेको त्रिनगर माध्यामिक विद्यालय कक्षा ११,१२ का इन्चार्ज नेत्र खडायतले बताए । उनका अनुसार ११ कक्षामा नायाँ भर्ना हुने विद्यार्थीमा यस्तो समस्या बढी देखिने गरेको छ ।
किशोरावस्थामा छात्रामा यस्तो हुनु एउटा मानसिक रोग भएको सेति प्रादेशिक अस्पतालकी मानसिक रोग विशेषज्ञ निलम जोशिले बताइन् । उनका अनुसार यस्ता समस्या किशोरा अवस्थाका छात्रामा बढी हुने गर्दछ ।
मानसिक तनाब मुखले अरुसंग व्यक्त गर्न नसक्दा शारिरिक रुपमा यस्ता समस्या हुने विशेषज्ञ जोशिले बताईन् । उनका अनुसार किशोरिहरुले मानसिक तनाब सहन नसक्दा यस्ता विभिन्न संवेग देखिने गर्दछन् ।
विद्यालयमा किशोरीमा यस्ता समस्या भएमा आत्तिहाल्नु पर्ने अवस्था नहुने धनगढी उप-महानगरपालीकाकी मनो परामर्श दाता गिता भट्टले बताइन् ।उनका अनुसार किशोरावस्थाका किशोरिलाई धेरै भिडभाड, कोलाहल हुने क्षेत्रमा बढी समस्या हुने गर्दछ ।
किशोरिहरु एक्कासि बेहोस हुने, रिगटा लाग्ने, चिच्याउने, कराउने, रुने, एक्लै भाग्ने, दात टोक्ने, काप्ने लगाएतका समस्या देखिएमा उनिहरुलाई सान्त वातावरण भएको ठाउँमा राखेर आराम गराउनु पर्ने मनो परामर्श दाता भट्टले बताइन् । यस्ता सामान्य खालका लक्षण देखा परेमा औंषधी, उपचारनै गर्नु पर्ने अवस्था नभएको उनले बताईन् ।