राष्ट्र बैंक बुधबार देखि नयाँ नोट साट्न थाल्यो

धनगढी २९ भाद्र । दसैँका लागि बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरूबाट आजदेखि नागरिकले नयाँ नोट साट्न सुरु गरेका छन् ।

दसैँमा टीका लगाउँदा परिवारका ज्येष्ठ सदस्यले नयाँ नोट दिने परम्परा छ । त्यसैले राष्ट्र बैंक र वाणिज्य बैंकहरूबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ । एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् ।

जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् । वाणिज्य बैंकहरूलाई १२–१२ ड्रक्साका दरले ६० ड्रक्सा, विकास बैंकलाई चार–चार ड्रक्साका दरले २० ड्रक्सा र फाइनान्स कम्पनीलाई दुई–दुई ड्रक्साका,

दरले १० ड्रक्सा नोट दिएको छ राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.