कैलालीमा स्रोत नखुलेको ८ लाख भारतिय रुपैयाँ फेला

धनगढी २८ भाद्र । कैलालीमा स्रोत नखुलेको ८ लाख भारतिय रुपैयाँ भेटिएको छ । धनगढी उपमहानगरपालिका–१८ फूलबारी क्षेत्रका ३२ वर्षीया हिरा विकको घरमा ८ लाख भारतीय रुपैयाँ फेला परेको हो ।

घरभित्र गहुँ राख्ने भकारीभित्र ८ लाख भारतिय रुपैयाँ लुकाएर राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उक्त रकम भारतबाट चोरी गरि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ती व्यक्ति फरार रहेको प्रहरीले बताए छ ।

विकको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार विक केहीदिन अघि भारतको मुम्बईबाट नेपाल फर्किको थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.