धनगढीमा पनि चल्यो डोजर,सडक अतिक्रण हटाईदै
दिपक बम, धनगढी २७ भाद्र । धनगढीमा सडक अतिक्रमण गरि बनाईएका खोका,टहरा हटाउन सुरु गरिएको छ । धनगढी उप–महानगरपालीका वडा नं. ५ ले धनगढीको तारनगरमा रहेको यातायात व्यवस्थां विभागको कार्यालय धनगढी कैलाली अगाडि बनाएका अस्थाई टहरा हटाएको हो ।
सडक अतिक्रमणले सडक दुर्घटना बढ्न थालेको र टहरा हटाई पार्किङ्ग बनाउने योजना रहेको वडा नं. ५ का वडा अध्यक्ष गजेन्द्र शाहिले बताए ।
उक्त ठाँउमा बनेका अस्थाई टहरा तथा पसलहरु हटाउन भनी एक हप्ता अडाडी लिखित सुचना पठाएको अध्यक्ष शाहिले बताए । उनले सो कार्यमा स्थानियको अवरोध नभएको बताए ।
पाँच नम्बर वडाभित्र सडक छेउ तथा सार्वजनिक ठाउँमा बनेका अस्थाई टहरा तथा पसलहरु विस्तारै सबै हटाउने अध्यक्ष शाहिले बताए ।
यातायात कार्यालय अगाडिको अस्थाई टहरा हटाउन भनेर आफुलाई एक दिन अगाडि मात्रै सूचना दिएको स्थानिय सरु सुवेदिले बताईन् ।
उनले वडा तथा नगरपालीकाले सबै संरचना हटाएकोमा कुनै गुनासो नभएको बताईन् । सुवेदिले भनीन्, बालेन जस्तै चर्चामा आउन अस्थाई टहरा तथा पसलहरु हटाउनु भएन,संरचना हटाई पार्किङ्ग क्षेत्र बनाउने,सुन्दर सहर निर्माण गर्ने भए व्यवहारिक रुपमा काम गर्नु पर्छ ।
उनले संरचना हटाउन अरुको देखा सिकी नगरी वडाले योजनाबद्धरुमा काम गरेमा आफूहरु बाधक नबन्ने बताईन् ।