शिक्षकले कुटपिट गरेको भन्दै बिद्यार्थीहरु विरोधमा

धनगढी २६ भाद्र । बैतडीमा विद्यार्थीलाई कुटपिट गरेको भन्दै बिद्यार्थीहरु विरोधमा उत्रिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका–५ सुन्दरखाली दशरथचन्द माविमा भलिबल खेल्दा हल्ला भएको भन्दै एक विद्यार्थीमाथि कुटपिट भएपछि बिद्यार्थीहरु विरोधमा उत्रिएका हुन् ।

दशरथचन्द मावि कक्षा ९ मा अध्ययनरथ विद्यार्थी प्रेम चन्दमाथि शिक्षकले विद्यालयमै गएर कुटपिट गरेको स्थानीय सुदीप चन्दले बताइए । कुटिएका प्रेम चन्दको घाँटी, हात र ढाडमा चोट लागेको बताईएको छ ।

न्यायको माग गर्दै जुलुससहित विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय, बैतडीमा धर्ना दिएका छन् । शिक्षकले भने कुटपिट नगरेको तर हल्ला नगर्न भनेर सम्झाएको दावि गरेका छन् ।

भलिबल खेलाइरहेका नेपाली सेनाका खेल प्रशिक्षकमाथि पनि शिक्षकले अभद्र व्यवहार गरेको विद्यार्थीहरुले बताएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.