दार्चुला पहिरोबाट प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्री खाँणको निर्देशन

धनगढी २५ भाद्र । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा बाढी र पहिरोमा परी प्रभावितहरुको राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका छन् । मन्त्री खाँणले मन्त्रालय र मातहतका निकायलाई पहिरोबाट प्रभावितहरुको तत्काल राहत र उद्धारको व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

मन्त्रालयले घाइतेहरुको उद्धार र उपचारको प्रबन्ध गर्न हेलिकोप्टर परिचालन गरेको छ । मन्त्री खाँणको निर्देशनपछि घटनास्थलमा घाइते र प्रभावितहरुको उद्धार र खोजी कार्यका लागि हेलिकप्टर परिचालन गरिएको र घाइते तीन जनालाई हेलिकोप्टरबाट उद्धार रहेर सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइएको मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका सहसचिव प्रदीप कोइरालाले जानकारी दिए ।

शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म ५ जनाको शव फेला परेको छ भने १० जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार ८ जना घाइते भएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.