दार्चुलामा आएको बाढि पहिरोमा १० जना अझै भेटिएनन्,उद्धार र खोजी कार्य जारी,२६३ पशु चौपाय मरे
धनगढी २५ भाद्र । शुक्रबार रातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार हालसम्म ५ जनाको शव फेला परेको छ भने १० जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार ८ जना घाइते भएका छन् ।
दार्चुला प्रहरीका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरका अनुसार नौगाड गाउँपालिका–२ का अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्की,महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको छ ।
यस्तै दार्चुलाको महाकाली नदी र लास्कु खोलामा आएको बाढी पहिरोले ठूलो क्षति पु¥याएको छ । प्रहरी निरिक्षक मगरका अनुसार ४२ घर पूर्ण क्षती भएका छन् भने नौँ घरमा आशिंक क्षती भएको छ । यसैगरी ४० ओटा घर बाढिको उच्च जोखिममा परेका छन् ।
खलंगास्थित दशरथनगर आधारभूत विद्यालय बाढीले बगाएको छ यसैगरी महाकाली जोड्ने लास्कुमा रहेका २ ओटा झोलुंगे पुल र मोटरवेल पुल लास्कु खोलाले बगाएको छ। दार्चुला तिंकर सडक अवरुद्ध भएको छ । दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका ५ वटा बोलेरो जीप, १ अल्टोकार,१ जेसिवी, १ क्रसर मेरिन, १ ट्याक्टर महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पु¥याएको छ ।
बाढि पहिरोमा परी करिब २६३ पशु चौपायको मृत्यू भएको छ भने विद्युतको पावर हावस बाढिले बगाएको छ ।
उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख प्रहरी निरिक्षक जगत गाह मगरको कमाण्डमा ३५ जनाको टोली,नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।