अचानक रद्द भयो क्यानले आज गर्ने भनेको पत्रकार सम्मेलन
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी-२० लिगको विषयमा आयोजना गर्न लागेको पत्रकार सम्मेलन गद्द गरेको छ।
क्यानले प्राविधिक कारणले आजको पत्रकार सम्मेलन गद्द गर्न परेको जनाएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरूद्ध नाबालिगलाई बलात्कार गरेको आरोपमा जाहेरी परेपछि क्यानले पत्रकार सम्मेलन एक्कासी रद्द गरेको बुझिएको छ।
क्यानले टी-२० को विषयमा बाफलस्थित होटल हायत प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो।
सन्दीपमाथि आरोप लागेको विषयमा क्यानले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
प्रहरीमा जाहेरी दर्ता भइसकेको विषयमा प्रतिक्रिया लिन खोज्दा क्यानका कार्यवाहक सचिव प्रशान्त मल्ल सम्पर्कमा आउन चाहेनन्।