कोचाकोच यात्रु ओसार्दै कैलालीका बस
दिपक बम,धनगढी २१ भाद्र । कैलालीका स्थानीय रुटमा चल्ने सवारी साधनहरुले सिट क्षमता भन्दाबढी यात्रु राख्ने गरेको पाइएको छ । धनगढी देखि अत्तरिया,पुर्व रोड चिसा पानी सम्म संचालन हुने बसहरुले सिट क्षमता भन्दा बढी यात्रु राख्ने गरेको पाइएको हो ।
अत्तरिया बाट बसमा चढेँका गोरख रावलले गर्मीको समयमा क्षमता भन्दा बढी यात्रु राख्दा बसमा सवार गर्न निकै समस्या भएको बताए । उनले आज मात्रै नभएर सधै उभिएरै यात्रा गरेको बताए । कैलाली बाट टिकापुरका लागि छुटेको सु.प.प्र. ००१ ख २७४४ नम्बरको बसले बसको सिट भन्दा बढि यात्रु बोकेको पाईएको छ ।
त्यस्तै चुरे गाउपालिका ५ घर भएका अर्का यात्रीले भने,चालक तथा सह–चालकले बसमा बुढा पाका हुरुलाइ एकै छिनमा सिट पाउनु हुन्छ ,आधी यात्रु अलिपर नेर झर्छन भनेर बसाउछन् तर बसमा यात्रा उभिएरै गर्नु पर्ने बाध्यता छ । उनले बसमा यात्रा गर्दा गर्मीमा समस्या हुने गरेको त्यसमाथी क्षमता भन्दा बढी यात्रु राख्दा श्वास फेर्न समेत गाह्रो हुने बताए ।
कैलालीमा लोकल बसले सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएमा रोकेर यात्रु झारेर एक हजार पाँच सय जरिवाना गरिरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यावस्थापन अत्तरिया कैलालिका सुचना अधिकारी दिपेन्द्र पालले बताए । उनले ट्राफिक प्रहरी अहिले बढी सक्रिय भएर चेक जाचँ गरिरहेको बताए ।