काम गर्न भारत गएको महिना नपुग्दै हात काटियो, सहयोगको अपिलःबैतडी
धनगढी २१ भाद्र । रोजगारी सिलसिलामा भारत गएका बैतडीका २५ वर्षीय हिमाल बिष्टको दायाँ हात काटिको छ । जिल्लाको पाटन –६ टुणेगैरका २५ वर्षीय हिमाल बिष्टको भारतको कश्मीरमा काम गर्ने क्रममा मेशिनमा अल्झेर दायाँ हात काटिएको हो ।
गाउँमा कुनै रोजगारी नहुँदा बिष्ट बोल्न नसक्ने अपाङ्ग आमा, गर्भवती श्रीमती र तीन वर्षीया छोरी छाडेर रोजगारीका लागि भारतको कश्मीर पुगेका थिए । उनि भारत पुगेको महिना दिन नपुग्दै काटिएपछि उनको परिवारमा अहिले बिचल्ली भएको छ ।
आर्थिक अभावले उपचारमा समेत समस्या भएको पारिवारिक स्रोतले बताएको छ । विष्टको हात काटीएपछि भारतमै रहेका मजदुर वीरेन्द्र बिष्टले अस्पताल लगेर उपचार गराए पनि थप उपचारका लागि आर्थिक अभावले समस्या भएको बताएको छ ।
हिमालकी आमा ७० वर्षीया मैना बिष्ट जन्मजात जिब्रोको समस्याले बोल्न नसक्ने अवस्थामा रहेकी छन् । श्रीमती भागरती बिष्ट र तीन वर्षीया छोरी मेनुका बिष्ट सहयोगका लागि अपिल गरीरहेकी छन् ।
हिमालको उपचारका लागी आर्थिक सङ्कलन अभियान चलाएको पाटन–६ का युवाहरुले बताएका छन् । सहयोग गर्न चाहानेहरुले महेश बिष्ट,९८६५०१७५२२,राष्ट्रिय बाणिज्य बैंकको खाता नं ४०५०१०००१४८१६०१० मा रकम प्रदान गर्न सकिने बताएको छ ।