कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु

धनगढी । कञ्चनपुरमा चट्याङ लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । आइतवार साँझ ५ बजेतिर कृष्णपुर नगरपालिका वडा नं. ७ मा सोही वडाका दीपक राना र उनकी श्रीमती मन्तोरा रानाको चट्याङ लागेर घटनास्थलमै मृत्यु प्रहरीले जनाएको छ ।

माछा मारेर फर्कदै गरेका उनीहरू पानी परेपछि मोटरसाइकल रोकेर रुखको ओत लागेका थिए। सोही रुखमा चट्याङ पर्दा उनीहरू मृत्यु भएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.