नेपालमा टिकटक बन्द गर्न किन माग गरेःसप्तरीको टिकटक बन्द संघर्ष समितिले
धनगढी १५ भाद्र । पछिल्लो समय नेपालमा सामाजिक सञ्जाल टिकटकको दुरुपयोग हुन थालेको छ । देशमा विभिन्न प्रकारका घटना बढेको भन्दै सप्तरीका युवा बन्द गर्ने अभियानमा जुटेका छन् ।
सप्तरीमा युवाहरुले टिकटक बन्द संघर्ष समिति गठन गरेर हिजो मंगलबार राजबिराजमा प्रदर्शन गरेका छन् । उनिहरुको नेपालमा टिकटक बन्द गर्नुपर्ने र टिकटकमा अश्लिल भिडियो बनाउनेलाई कारबाही गर्नुपर्ने माग रहेको टिकटक बन्द संघर्ष समिति अभियानका जिल्ला संयोजक सचिदानन्द यादवले जानबारी दिए ।
उनले टिकटकमा अश्लिल सामग्री बढ्दै गएको तथा भोजपुरी , मैथली र नेपाली गीत संगीतलाई खिल्ली उडाउने काम भईरहेकाले टिकटक बन्द गर्न माग गरेका हुन् ।