आफ्ना मान्छे भर्ना गर्न खोजेको हल्ला फैलाइयो,मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेसका मुख्यमन्त्री त्रिलोचन भट्टले कार्यालय सहयोगी, चालक विपन्न वर्गको हितका लागि ऐन ल्याएको जानकारी दिएका छन् ।

कार्यालय सहयोगी र चालकले लामो समय देखि काम गर्छन् तर घर जाँदा हातमा केही हुँदैन, उनले थपे ‘तल्लो तहका कर्मचारीले पनि सेवा गरे अनुसार केही सुविधा पाउन भनेर ऐन ल्याइएको उनले स्पस्ट पारे ।
कार्यालय सहयोगी र चालक स्थायी नहुने नीतिनै गलत रहेको उनको भनाइ छ । ऐनबारे विपक्षीले गलत हल्ला फैलाएको सरकारको दावी छ । कमजोर वर्गको हितका लागि यो ऐन निकै महत्वपूर्ण रहे पनि राजनीतिक पूर्वाग्रहले विपक्षी दलले भ्रम फैलाउन खोजेको मुख्यमन्त्री भट्टले बताए । उनले लोकसेवाले परीक्षा सञ्चालन गरेर स्थायी गर्ने भए पनि आफ्ना मान्छे भर्ना गर्न खोजेको हल्ला फैलाइएको भन्दै असन्तुष्टि जनाए ।
‘गरिब, विपन्न वर्गको पक्षमा ऐन ल्याउँदा आफ्ना मान्छेलाई स्थायी गर्न खोजेको भनेर हल्ला फैलाइदैछ ।’ उनले भने, ‘कसैले भनेका भरमा नभइ लोकसेवाले विधि कानुनअनुसार स्थायी गर्ने हो ।’सोमबार बसेको सुदूरपश्चिम प्रदेश सभाको १० औं अधिवेशनको २५ औं बैठकले निजामती सेवाको गठन, सञ्चालन तथा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको थियो

सम्बन्धित
Leave A Reply

Your email address will not be published.