कञ्चनपुरमा खैरो हेरोईनसहित ३ युवक पक्राउ

धनगढी १३ भाद्र । कञ्चनपुरमा खैरो हेरोईनसहित ३ युवक प्रहरीले पक्राउ गरेको छ । प्रहरीले हिजो आइतबार जिल्लाको बेलौरी नगरपालिका–१० भुडा चौराहाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको सुपप्र ०११० प ३१९९ मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका–१ बस्ने २८ वर्षीय कालुराम राना, पछाडि सवार अन्दाजी २४ वर्षीय अशोक कार्की र अन्दाजी २९ वर्षीय जनक धामीलाई प्रक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनिहरुलाई चेजाच गर्दा लुकाएको अवस्थामा शुद्ध १.६८ ग्राम खैरो हेरोईन फेला परेको हो ।
उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.