अछाम पुग्न बसको भन्दा बढि समय लगाउँदै,समीट एयर
विष्णु भट्ट,धनगढी ११ भाद्र ।कैलाली बाट अछामको लागि विहान ९ बजे उड्ने भनेको जहाज अहिले ३ बजे सम्म पनी उड्न सकेको छैन ।
कैलालीको गेटा विमानस्थल बाट अछामका लागि उड्ने भनेर विहान ९ बजे यात्रु बालाईएको थियो तर मौषमको कारण देखाएर अहिले सम्म पनि जहाज नउडेको एक जना यात्रुले गुनासो गरे । उनले विहान देखि हामी भोकै छौ,जहाज अहिले सम्म पनि उडेन, अहिले त बसमा गएको भए पनि पुगिन्थ्यो ।
समिट एयरको जहाज नउडेको हो । समिट एयर सुदूरपश्चिम ईन्चार्ज रोसन सिहं ठकुरीले भने मौषमकै कारण जहाज उड्न नसकेको दावि गरे ।
तर यात्रुहरुले भने मौषमलाई दोष दिएर समीट एयरले ठग्ने गरेको आरोप लगाएका छन् ।