(एसईई) को ग्रेड वृद्धिका लागी परीक्षा भोली देखि परीक्षा शुरु हुँदै
धनगढी १० भाद्र । माध्यमिक शिक्षा परीक्षा ( एसईई ) को ग्रेड वृद्धिका परीक्षा भोली देखि परीक्षा शुरु हुँदै छ । (एसईई) ग्रेड वृद्धिका लागी शनिवार बिहान ८ बजे देखी परीक्षा सञ्चालन हुनेभएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई कैलालीका शार्खा अधिकृत प्रताप सिंह भडारीले दिएको जानकारीका अनुसार सो परिक्षामा कैलालीबाट ८ हजार ९ सय ४६ जना बिद्यार्थीहरुले एसईई ग्रेडवृद्धि परीक्षामा सहभागी हुने छन् ।
यहि भदौ ११ गते र १२ गते हुने परीक्षाका लागि कैलालीमा सबै तयारी पुराभएको शार्खा अधिकृत भडारीले जानकारी दिए । कैलालीमा १४ ओटा परिक्ष केन्द्र तोकिएका छन् ।
भोली पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ भने साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ ।
फाराम भरेका विद्यार्थीको १२ गतेका लागी ठूलो कोड भएका दुई विषयको परीक्षा हुने शिक्षा विकास तथा समन्वय इकाई कैलालीका सूचना शाखा अधिकृत धामीले बताए ।
उनका अनुसार जिल्लाको धनगढीमा ४ वटा, टिकापुरमा २ वटा ,लम्कीचुहामा २ वटा अतरियामा २ वटा, चौमालामा १ वटा,सुखडमा १ वटा,बर्दगोरीयामा १ र भजनीमा १ वटा गरी १४ वटा परीक्षा केन्द्र तोकीएका छन् ।