आइतबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

धनगढी १० भाद्र । सुदूरपश्चिम प्रदेश सरकारले आइतबार कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिइएको छ । यहीं भाद्र १२ गते आइतबारका दिन सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको अटवारी पर्वका लागि सार्वजनिक बिदा दिने भएको हो ।

प्रदेश सरकारले भाद्र १९ गते दिने भनिएको बिदा ९ गते बसेको मन्त्री परिषदको बैठकले १२ गते दिइननिर्णय गरेको हो । थारु समुदायका पुरुषले पानीसमेत नखाई दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दछन् ।

त्यस दिन पाँच पाण्डवमध्येका भीमको अटवारी पर्वका बेला पूजा गर्ने प्रचलन रहेको छ ।  सोहि पर्वका अवसरमा कैलाली–कञ्चनपुरका सम्पूर्ण सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा रहने जनाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.