दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती जडानको कार्य सुरु;महेन्द्रनगर
धनगढी ९ भाद्र । कञ्चनपुरमा सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती जडानको कार्य सुरु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजार क्षेत्रमा रातिका बेला हुने सडक दुर्घटनालाई न्यूनीकरणका लागि बजार क्षेत्रका टोल–टोलमा आवश्यकतका आधारमा सडक बत्ती जडानको कार्य सुरु गरिएको हो ।
अनुसार स्थानीय बासिन्दाको मागका आधारमा महेन्द्रनगर बजार क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरणसँगै चोरीलगायतका कार्य रोक्नका लागि बत्ती जडानकार्य अगाडि बढाइएको वडाध्यक्ष सुशील भट्टका बताए । उनका अनुसार रातिका बेला सडक दुर्घटना हुनसक्ने सम्भावित क्षेत्रमा सेन्सरयुक्त र सेन्सर नभएका बत्ती जडान भइरहेको छ ।
“पहिलो चरणमा दुई सय ५० स्थानमा सडक बत्ती जडान गर्ने योजना रहेको वडाध्यक्ष भट्टले जानकारी दिए । उनले भने, “अरु क्षेत्रमा आवश्कताका आधारमा सडक बत्ती जडान गर्नेर्छौँ ।” उनका अनुसार दुई दिनको अवधिमा ५० वटा सडक बत्ती जडान गरिएका छन् ।