कैलालीमा सशस्त्र प्रहरीले १९ क्यु फिट बरामद काठ बरामद
धनगढी ८ भाद्र । कैलालीमा १९ क्यु फिट काठ बरामद बरामद गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको धनगढी उप–महानगरपालिका वडा नं. ९ बंगराकटान बाट १९ क्यु फिट काठ बरामद गरेको हो ।
प्रहरीका अनुसार सो काठ बजार मूल्य अनुसार ८५ हजार बराबरको सात फिट लामो ३४ कडी सालको काठ सीमा इलाका राम घाटबाट नियमित पैदल गस्तीका क्रममा गस्ती टोलीले फेला पारेको हो ।
उक्त काठ सब डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल, नेपाल बिओपी नं. ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायव निरीक्षक राधेश्याम रानाले बताए ।
उनका अनुसार उक्त काठ नजिकैको भारतीय जङ्गलबाट नेपाल भित्र्याउन लागिएको हुन सक्ने आशङ्का रहेको छ । उक्त काठ सब डिभिजनमा लगी नाप तौल गरिने र वन कार्यालयले अनुसन्धानका लागी अधिकृत तोकी काठ कहाँ बाट कुन प्रयोजनका लागी आएको भनी सत्य तथ्य छानबिन हुने कैलालीका’फरेस्ट अफिसर’ रमेश बोगटीका बताए ।
उनले अन्तमा वन कार्यालयले लिलामी शाखामा पठाइने जनाएका छन् ।