सरसफाई नहुदा गोदावरी आर्यघाट दुर्घन्धित(फोटोफिचर)
विष्णु भट्ट,धनगढी ०७ भाद्र। कैलालीको गोदावरीमा रहेको गोदावरी आर्यघाटमा फोहोर को व्यवस्थापन नहुदा मलामी जानेहरुले सास्ती भोगीरहेका छन्।
मसान घाट जाने बाटोमा र घाटमा सरसफाई हुन सकेको छैन । मलामी जाने बाटोको दायाँ र वायाँ दुबै तिर फोहारै फोहोर छ । आर्यघाटमा फोहोर रहेको स्विकार गर्दै गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र राज भट्टले तत्काल फोहोरको व्यवस्थांपन गर्ने बताए ।
उनले भने गोदावरी घाट हाम्रो पहिलो प्राथमिकतामा रहेकोले आवश्यक बजेटको व्यवस्थांपन गरेर घाट जाने बाटो पनि कालो पत्रे बनाईने र यसको लागि कार्यपालिकाले निर्णय नै गरेको जानकारी दिए ।
यस्तै गोदावरी धामका महत तुल्सी गीरीले आर्यघाट व्यवस्थित भैरहेको जानकारी दिए । उनले घाटमा १६ लाख बराबरको बोरिङ,जाने बाटो पिच भैरहेको र विजुलीको पनि व्यवस्थां भएको बताए ।