बैतडिमा चितुवाको आक्रमण बाट १३ बर्षीय बालक घाइते

धनगढी ७ भाद्र । बैतडीमा मंगलवार चितुवाको आक्रमणमा परी १३ बर्षीय बालक घाइते भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका वडा नं ६ बसेडीका १३ बर्षीय पारस धनाडी रहेका हुन् ।

प्रहरीकन अनुसार मंगलबार बिहान विद्यालय जाने क्रममा धनाडीमाथि चितुवाले बसेडी ठाडाइजर भन्ने ठाउँमा आक्रमण गरेको हो । उनि मणिलेक मावि काँडा मेलौलीमा कक्षा ९ मा अध्ययनरत रहेका जिल्ला प्रहरी कार्यालय बैतडिका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

घाईते बालकको टाउको, गर्धन र कम्मरमा चोट लागेको प्रहरीले बताइएको छ । घाइते धनाडीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा लयाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.