कारागारको भौतिक अवस्थाबारे स्थलगत अनुगमन गर्न,संसदीय टोली डडेल्धुरा पुग्यो
धनगढी ६ भाद्र । कारागारको अनुगमन गर्न प्रतिनिधि सभाको कानुन न्याय तथा मानवअधिकार समिति डडेल्धुरा पुगेको छ । हिजो (आईतबार)कैलाली जिल्ला कारागारको अनुगमन गरेको टोलीले सोमबार डडेलधुरा कारागारको अवस्था बुझ्ने कार्यक्रम भएकोे समितिका सदस्य विमला विकको नेतृत्वमा रहेका टोलीले जनाएको छ ।
उक्त टोलीले कारागारको भौतिक अवस्था, खानेपानी, स्वास्थ्य, सरसफाई र कैदीको सीपमुलक तालिमबारे चाँसो राख्ने जनाइएको छ । कारागारको स्थलगत अध्ययनपछि सुधार गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराउने समेत प्रतिनिधि सभाका सदस्य लालबहादुर थापाकाले बताएका थिए ।
टोलीले कारागारको अवस्था बारे प्रमुख जिल्ला अधिकारीसंग समेत छलफल गर्ने जनाइएको छ । प्रतिनिधि सभाका सदस्यहरु लालबहादुर थापा, रविन्द्र शर्मा, सविना हुँसेन र विष्णु शर्मा पनि अनुगमन टोलीमा सहभागी छन् ।
सो अनुगमन टोलीमा समितिका सचिव लक्ष्मण अर्याल र शाखा अधिकृत नविन भट्टटाईको पनि सहभागिता रहेको छन्।