डडेल्धुरामा जीप दुर्घटनामा ८ जना घाइतेःदुईजनाको अवस्था गम्भिर
धनगढी ५ भाद्र । डडेल्धुरामा जीप दुर्घटनामा ८ जना घाइते भएका छन् । डोटीको दीपायलबाट डडेल्धुरा सदरमुकाम गइरहेको से १ ज ५०४ नम्बरको जीप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँको सल्लाघारी मोडमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाईते हुनेमा चालक यदु नाथ उप्रेती,अमरगढी नगरपालीका १ बस्ने वर्ष ३० का कृष्ण सार्की,सोही ठाउँ बस्ने वर्ष ४० का जनक मल्ल,गन्याभसरा गाउँपालीका ३ बस्ने वर्ष ३५ की बाटु भुल,वर्ष ३६ की चित्रा मल्ल,सोहि ठाउँका बस्ने वर्ष ५५ का पशुपति मल्ल,नवदुर्गा गाउपालीका ५ बस्ने ४० की शारदा उप्रेधी र यदु उप्रेती रहेका प्रदेश ट्राफीक कार्यालय अत्तरीयाका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।
उनका अनुसार चित्रा मल्ल र जनक मल्लको अवस्था गम्भिर रहेकाले धनगढी रेफर गरीएको छ । अन्यको जिल्ला अस्पताल डडेलधुरामा उपचार भईरहेको उनले बताए ।
जीप आइतबार दिउँसो साढे १ बजेतिर सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।