अत्तरियामा पसलको ट्वाइलेटमा युवक मृत फेला

धनगढी ०५ भाद्र ।अत्तरियामा पसलको ट्वाइलेटमा युवक मृत फेला परेका छन्।
शनिवार साँझ गोदावरी नगरपालिका वडा नम्वर १ वरपिपल गल्लीमा रहेको चौलागाईं वस्त्रालयमा काम गर्ने बैतडीको डिलाशैनी घर भएका २२ वर्षीय यूवक जयन्तबहादुर कार्की मृत फेला परेको प्रहरीले जनाएको छ ।

कार्की विगत २ वर्षदेखि उक्त वस्त्रालयमा कार्यरत थिए। उनी शनिबार साझँ साढे ७ बजे घरको चौथौ तल्लाको ट्वाइलेटमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

शव वस्त्रालयका सञ्चालक शुवास चौलागाईंले कार्कीको शव ट्वाइलेटको होल्डरमा बिजुलीको तारमा झुण्डिएको अवस्थामा फेला परेको मृतक कार्कीका काका पदम कार्कीले बताएका छन।

होल्डरमा मसिनो तारले पासो लगाउन असम्भव भएकाले मृतकका काका पदमले उनको हत्या भएको आशंका गरेका छन्।
यस्तै घटनाबारे अनुसन्धान भइरहेको प्रहीले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.