आज (शुक्रबार)धुमधामका साथ ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदै

धनगढी ३ भाद्र । वैदिक सनातन धर्मावलम्बीले आज (शुक्रबार)धुमधामका साथ ‘श्रीकृष्ण जन्माष्टमी’ मनाउँदैछन् ।

श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकालेआजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

आजका दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।

भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका कृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित, तथा

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्ने गरेका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.