चुरेको एक विद्यालयले विद्यार्थीबाट बिना रसिद २०० लिदै

धनगढी ०३,भाद्र । चुरे गाउँपालिका को एक विद्यालयले बिना रसिद विद्यार्थी बाट पैसा असुली रहेको छ।चुरे गाउँपालिका वडा नं. ०६ स्थित श्री भगवती माध्यमिक विद्यालयले एसईइ परीक्षा को ग्रेड वृद्धि फर्म को दस्तुर ५०० भएता पनि सो विद्यालय ले ७०० बिना रसिद लिएको परिक्षार्थीहरु छपेन्द्र नाथ योगि,प्रेम साउँद,टेक बिस्ट,रोशन बि.क लगाएत का विद्यार्थीले बताएका छन्।
विद्यालयका प्रधानाध्यापक लाई बुझ्दा अल्मलिदै शैक्षिक प्रमाणपत्र लिने बेला मिलाउला भनेर लिएको बताए।
विद्यार्थी को पैसा अनियमित रुपमा विद्यार्थी बाट असुली गर्नु गैर कानुनी काम हो भएकोले तुरुन्तै विद्यार्थी को २०० प्र.अ.ले फिर्ता दिनु पर्ने बताउछन् बिद्यालय निरीक्षक बिबिराज सोति ।

यातायात को खर्च विद्यालयले आफैले ब्यहोर्नु पर्छ,विद्यार्थी लाई रसिद बिना बढी रकम लिनु गैर कानुनी भएको बताउदै उनले अशिक्षित,गरिबीको रेखामुनी भएका परिवार हरुको बसोबास रहेको क्षेत्रमा यसरी विद्यार्थी बाट रकम लिने प्रधानाध्यापकलाई कारबाही गर्ने चेतावनी दिए ।

भैतिक विकटता भएको क्षेत्रका विद्यार्थीहरु लाई कापी र कलम किन्न समेत हम्मेहम्मे पर्दछ।तर दस्तुर भन्दा २०० को दरले बढी रुपैयाँ रसिद बिना लिदा विद्यार्थी मार मा परेको स्थानीय गणेश नाथ योगि ले बताए।
यो विद्यालय मा पहिले देखिनै अनियमितता भएको तर कसैले आवाज नउँठाउदा विद्यालयको अवस्था अति कमजोर भएको योगि बताउछन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.