कैलालीमा रुघाखोकी,ज्वरोका बिरामी दैनिक दोब्बरले बढ्न थाले
धनगढी २ भाद्र । कैलालीमा रुघाखोकी र ज्वरोका बिरामी बढ्न थालेका छन् । विगतको तुलनामा जिल्लाका स्वास्थ्य संस्थामा बिरामीको संख्या बढेको पाइएको हो ।
कैलालीको टीकापुर अस्पताल र नगरपालिकाभित्रका अन्य स्वास्थ्य संस्थामा ज्वरो, रुघाखोकी र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी उल्लेख्य बढेका छन् ।
टीकापुरको विजयनगर सहरी स्वास्थ्य केन्द्रमा बिरामी दोब्बरले बढेको पाईएको छ ।सहरी स्वास्थ्य केन्द्रका इञ्चार्ज उषा शाहका अुसार स्वास्थ्य संस्थामा ज्वरो र रुघाखोकीको समस्या भएका बिरामी बढी आउने गरेका छन् ।
परीवारको एउटा बिरामी हुदा परिवारका पूरै सदस्य बिरामी हुनेगरेको का इञ्चार्ज शाहले बताईन् । उनका अनुसार विगतमा दैनिक ३५ जनासम्म बिरामी आने गरेकोमा अहिले दैनिक ६० बिरामीको उपचार गर्नुपरिरहेको छन् ।
यस्तै मनिकापुर सहरी स्वास्थ केन्द्र,सत्ती सहरी स्वास्थ्य केन्द्र र धनसिंहपुर स्वास्थ्यचौकीमा समेत बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मीका अनुसार विगतका तुलनामा बिरामी बढी चाप हुनेगरेको छ ।
बिरामी धेरैमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भएको मनिकापुर सहरी स्वास्थ केन्द्रकी स्वास्थ्यकर्मी कविता खड्काकाले बताईन् । यस्तै समस्या भएका बिरामी बढेका स्वास्थ्यकर्मी गोविन्द कठायत बताउछन् ।
“विगतभन्दा दोब्बरले रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका विरामी बढी रहेका छन् । बिरामीलाई धुलोधुवाबाट बच्न, तातोपानी पिउन, औषधि प्रयोग गर्न र निको नभए चिकित्सकको सल्लाह लिन सत्ती सहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी गोविन्द कठायतले सुझाव दिएका छन् ।
आजभोलि बच्चादेखि वृद्धसम्म रुघाखोकी तथा भाइरल ज्वरोसँग मिल्दाजुल्दा लक्षण भएका र केही टाइफसका लक्षण भएका बिरामी आउने गरेका टीकापुर अस्पतालका डा संवाद खरेलले बताए ।
उनले कोरोनाको संक्रमण फैलिरहेकाले कैलालीका सबै पालिकाले अनिवार्य मास्क प्रयोग गर्न र शङ्का लागेमा कोभिड परीक्षण गर्न तथा उपचारमा ध्यान दिन आग्रह गरेका छन् ।