बँदेलका लागि थापेको पासोमा चितुवा फस्यो

धनगढी,१ भदौ । बैतडीको दशरथचन्द नगरपालिका–४ बिनासौंमा बँदेलका लागि थापेको पासोमा चितुवा फसेको छ।

बुधबार बिहान किसानहरुले बँदेलबाट मकैबाली जोगाउनका लागि थापेको पासोमा चितुवा फसेको देखेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए।

उनका अनुसार चितुवाको ढाडमा पासो परेको छ। पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उद्धार टोली मगाइएको छ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.