कैलालीमा कोरोना भाईरस विरुद्धको खोपको अभाव,पालीकाहरुमा पनी छैन खोप

दिपक बम,धनगढी ३१ साउन। कैलालीमा खोपको अभाब देखिएको छ । कोरोना भाईरसको संक्रमण वृद्धि भए संगै खोप लगाउनेको संख्या बढ्दा खोपको अभाव भएको जिल्ला स्वास्थ्य कार्यालय धनगढीले जनाएको छ ।

स्वास्थ कार्यालय कैलाली तथा सबै पालीकाहरुमा कोरोना भाईरस विरुद्धको खोप शुन्य रहेको स्वास्थ्य कार्यालय कैलालीका खोप सुपर भाईजर निरीक्षक प्रदिप जोशिले बताए। उनले जिल्लामा कोभिसिल्ड,भेरोसेल,एस्ट्राजेनेका,मोर्डना,फाईजर,र जोनसन खोप स्टक शुन्य रहेको जानकारी दिए ।

स्वास्थ्य कार्यालय कैलालीले पाँच वर्ष माथिका ९ लाख १३ हजार २३ जनालाई कोरोना विरुद्धको खाप लगाउने लक्ष्य राखेको खोप निरीक्षक जोशिले बताए । जसमा पहिलो मात्रा कोभिसिल्ड,भेरोसेल,एस्ट्राजेनेका,मोर्डना,फाईजर,र जोनसन खोप ७ लाख ७८ हजार ६ जनाले लगाएका छन् । भने पहिलो र दास्रो खोप ५ लाख ८५ हजार ६ सय ७७ जनाले लगाएका कैलालीमा छन् ।

त्यस्तै बुस्टर खोप पहिलो र दास्रो डोज लगाएका २ लाख ६७ हजार ९ सय ३७ जनाले लगाएका उनले बताए । कोरोना संक्रमण बढ्दै गएकोले खोप लगाउनेको संख्या बढीरहेको छ, तर जिल्लामा खोपको मौज्दात शुन्य रहेकाले लगाउन लगाउन नसकेको निरीक्षक जोशिले बताए ।

उनले भने “ हामिले प्रदेस स्वास्थ्य आपूर्ति  केन्द्रमा सुचना गरी सकेका छौ, खोप चाडै उपलब्ध गराउने मौखिक सुचना आएको छ” । खोप पुगेपछि फेरी खोप अभियान सुरु गर्ने उहाको भनाइ छ । जिल्लामा ४ लाख खोप लगाउने लक्ष्य भएपनि तत्कालाइ २ लाख आवस्यक रहेको निरीक्षक जोशिले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.