तोलामा ७ सय रुपैयाँले सुनको मूल्य घट्यो

काठमाडौँ, ३१ साउन । मंगलबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७ सय र तेजावी सुनको मूल्य ९६ हजार २ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँ कायम भएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.