सुदूरपश्चिममा बुधबार भदौ १ गते सार्वजनिक बिदा

धनगढी ३१ साउन । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार भदौ १ गते सार्वजनिक बिदा दिएको छ। सुदूरपश्चिमेलीको मौलीक पर्वको रुपमा रहेको ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा भोलि बिदा हुने जनाइएको छ । सुदूरपश्चिमका पहाडी समुदायमा ओल्के पर्वको दिन आफन्त ,इष्टमित्र, गाउका अगुवा तथा मुखीयाहरुलाई आफु संग भएको मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन रही आएको छ ।

ओल्केको अवसर पारी कोसेलीको रुपमा काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व धुमधामका साथ मनजाइे गरीन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.