सुदूरपश्चिममा बुधबार थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

धनगढी:सुदूरपश्चिममा बुधबार थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १ हजार ५४ जनाको ऐन्टिजेन र ५३ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल, डोटीले जनाएको छ ।

ऐन्टिजेन विधिबाट ७१ र पीसीआर विधिबाट २३ जनामा संक्रमण फेला परेको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । हाल कैलालीको सेती प्रादेशिक अस्पतालमा ७ जना र डडेल्धुरा अस्पतालमा १ जना संक्रमितको उपचार भइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.