बझाङमा एकै घरका तीन जना झुन्डिएको अवस्थामा मृत फेला

धनगढी २५ साउन । बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका ९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन्।

नीहरु घरभन्दा डेढ सय मिटर परको बेडुँको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए । प्रहरीका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमीका र तीन वर्षीय छोरा मोहित मृत फेला परेका हुन्।

मृतक महिलाका श्रीमान पुष्कर पार्की गएराति भारतबाट घर आएका थिए । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.