भन्सारका कर्मचारी र तस्कर महिला विच झडप,दुबै पक्षका कपडा च्यातीय (हेर्नुहोस भिडियो)

धनगढी २४ साउन ।त्रिनगर भन्सार नाका बाट अबैध सामान ल्याउने महिला र कर्मचारी बिच झडप भएको छ । सोमबार राति आठ बजे भारत बाट सामान ल्याउदै गरेका दुई जना महिलालाई त्रिनगर भान्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।
भान्सार नजिक रीचा कुवर र मञ्जु कुवर लाई सामान ल्याउने क्रममा कर्मचारीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

उनीहरुले दुई हजार घुस माग्दा दिन नमाने पछि दुईटै पक्ष बिच झडप भएको स्थानीयले आरोप लगाएका छन् । झडप हुदाँ दुइटै पक्षको कपडा समेत च्यातीएका छन् । कर्मचारीले महिलालाई कुटपिट गरेको हाम्रा सवांददाता उमेश बडुले जानकारी दिए ।

प्रहरीका अनुसार भान्सारका कर्मचारीले उनिहलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । रातिको समयमा विवाद नमिले पछि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार महिलाले लेडिज सामान ल्याईरहेका थिए । उनिहरुलाई आवस्यक कारवाहिका लागि भान्सार कार्यालयमा बुझाइने प्रवक्त जोेशिले बताए ।
प्रहरी र भन्सारका कर्मचारी मिलेर अवैध सामान ओसार पसार गर्ने गरेको स्थानीयको दावि छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.