कैलालीमा मतदाता नामावलीमा नाम दर्ताको काम बन्द ,जिल्लामा ११ हजार बढीले मतदाताको संख्या बढ्यो

साउन २३ धनगढी । कैलालीमा मतदाताको संख्या बढेको छ । स्थानिय तहको निर्वाचा पछि,वैशाख ३० गते देखि हाल सम्म जिल्लामा ११ हजार चार सय ३० नयाँ मतदाता थपिएका छन्।स्थानीय तहको निर्वाचनको समयमा कैलालीका मतदाताको संख्या ५ लाख २५ हजार एक सय २५ निवाचन आयोग कैलालिले जनाएको छ ।

आयोगले जिल्लामा एक मतदान स्थल पनि थप गरिएको र तीन वटा मतदानस्थल सारिएको जनाएको छ । आउदो मंसिर ४ गते हुने निर्वाचनको लागि तयारीमा रहेको प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख प्रेम भट्टले बताए । उनले ‘कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र बाट पाँच प्रतिनिधि सभा सदस्य र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन बताए। कैलालिमा एक मतदान स्थल थपिएपछि कैलालीमा २ सय ३७ मतदान स्थल हुनेभएका छन्। वजल्लामा हाल ३० वटा राजनीतिक दल दर्ता रहेकाले रहेका छन् ।

नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै आयोग निर्वाचनको तयारीमा जुटेको हो। साउन १९ गतेबाट मतदाता नामावलीमा नाम दर्ता, विवाह दर्ता र बसाइसराइको काम बन्द गरिएको छ। आयोगले निर्वाचन केन्द्रीत दल दर्ताका लागि आइतबारबाट आह्वान गरेको प्रमुख भट्टले बताए। निर्वाचन आयोग मंसिर ४ को निर्वाचतको कार्यतालिका बनाएर तयारीमा जुटेको प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख भट्टले बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.