पछिल्लो २४ घण्टामा ७७ जनामा कारोना संक्रमण पुष्टिःसेती अस्पताल एक जना संक्रमितको मृत्यु
साउन २० धनगढी । पछिल्लो २४ घण्टामा सुदुरपश्चिम प्रदेशमा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ८ सय ७१ जनाको परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये ९२ जनाको पीसीआर परीक्षण गर्दा २८ जना र ७ सय ७९ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीले जनाइको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल उपचार गराई रहेका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।