कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

धनगढी: कैलालीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।

सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पनि देखिएको श्रेष्ठले बताए । सूचना अधिकारी श्रेष्ठका अनुसार उनले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिएनन् ।

सुदुरपश्चिममा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । भारत संग खुला सिमाना भएका ले संक्रमण दर बढेको पाईन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.