चुनाबको मिती घोषणासंङ्गै गठबन्धनको ध्यान चुनावी रणनीति र तालमेलमा केन्द्रित
साउन २० काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दै छ। शुक्रबार बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुने भएको छ।
बिहीबार सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेक छ । चुनाबको तयारी गठबन्धनको भावी रणनीतिबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बोलाएको उनको सचिवालयले जनाएको छ।
चुनावको मिति घोषणा भएलगत्तै सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।आजको बैठकमा ४ मंसिरको निर्वाचनमा गठबन्धन दलहरूबीच हुने भागबण्डाका विषयमा छलफल हुने जनाएको छ।