विरोधमा प्रहरीले दमन गर्‍यो, घाइतेको उपचार व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउॅछु:माधव नेपाल

काठमाडौं, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसीको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीबाट भएको दमनको विरोध गरेका छन्। उनले संसदमा पेश भएको एमसीसीको विरोध र समर्थन जे पनि हुने अधिकार रहेको भन्दै यसो गर्नु लोकतान्त्रिक अधिकार रहेको बताए।

उनले विरोधका क्रममा घाइते भएकाहरुको उपचार गर्न सरकारसँग माग गरेका छन्।

साथै उनले असहमति र विरोधकाबीच एमसीसी संसदमा टेबुल भएको जिकिर गरेका छन्। आइतबार बिहान बसेको सत्तारुढ गठबन्धन बैठकमा एमसीसी टेबल गर्ने सहमति गरेर फर्किएका नेपालले एमसीसी असहमति र अवरोधकाबीच टेबुल भएको बताए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.