जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव,बिरामीलाई रेफर गर्नुपर्ने बाध्यताःडाक्टर जोशी

साउन १८ धनगढी । जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएको छ। अस्पतालमा रहेको अक्सिजन प्लान्टमा विद्युत आपूर्ति नहुँदा अक्सिजन अभाव भएको अस्पतालका प्रमुख डाक्टर मिलन जोशीले जानकारी दिए ।

उनका अनुसार अक्सिजन प्लान्ट सञ्चालन गर्न हाई भोल्टेजको विद्युत वा जेनेरेटर आवश्यक हुने र अस्पतालमा रहेको जेनेरेटर केही दिनदेखि बिग्रिएका कारण समस्या भएको हो । नेपाल विद्युत प्राधिकरणले हाल सञ्चालनमा ल्याएको विद्युतले समेत धान्न नसकेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

धनगढीबाट अक्सिजन लैजान बाटोको समस्या भएकोले बिरामीलाई रेफर गर्नुपर्ने बाध्यता भएको डाक्टर जोशीले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.