वजनदार स्वरका प्रतिमुर्ति शेरी औजिले ल्याए ऐतिहासिक सांङ्गितिक कोशेली
प्रेम विवश चन्द,साउन १६ धनगढी । शेरी औजि सुदूरपश्चिम तथा नेपाली लोक सांङ्गितिक आकाशको ठाडी भाकामा एक वजनदार नाम हो । उनको कन्ठमा खेल्ने ठाडी भाका सम्भवत कहि कसैले खेलाउन सक्दैन्न् । स्वर श्रिङ्गार्नुमा सिपालु शेरी औजि भने जस्तो स्थानमा नपुगेता पनि अगन्य मा नै पर्नु हुन्छ ।
बैतडी जिल्ला तल्लो स्वराड पन्चेस्वर गाउपालिकाको बिजुलमा २०४५ सालमा जन्मिनु भएका शेरी सानै उमेर देखि बन पाखामा लोक गीतहरु गाउँने , स्कुल तथा विद्यालयका कार्यक्रमहरुमा समेत सहभागी भई राम्रो स्थानमा नै रहन्थे । उनको पारिवारिक अवस्था सामान्य रहेता पनि सांङ्गितिक जनजीवन भने विशेष नै मानिथ्यो । उसो त बैतडी को बिजुल गाउँ भन्ने बितिक्कै उदाहरणिय नै मानिन्छन् ।
परम्परा देखि नेपाली संस्कृतिको मुल अङ्ग छलिया गायन,नृत्य र हुड्केलीमा सफल कलाकार पनि मानिन्छन् । उनि विभिन्न कार्यक्रममा सहभागी हुँदा देखि नै सबै जना उनको स्वरमा मोहित हुने गर्दथे । परम्परागत संगै अफिसियल रुपमै डेउडा संगीतको चर्चामा रहेका उनका दाई (ठुला बुवाका पुत्र) महेश कुमार औजि को साङ्गितिक सफलताले आफू पनि एल्बम बाट प्रस्तुति हुने चाह शेरी औजिले बोके ।
२०६३ सालमा “घर छुट्यो घरवार टुट्यो एक्लो भए म”भन्ने गीत बाट साङ्गितिक यात्रा सुरु गरेका शेरी औजिले पहिलो गीति एल्बम बाट नै सर्वाधिक चर्चामा रहेका रहेका थिए ।
अहिलेसम्म करिब दुई दर्जन भन्दा बढी गीत गाईसकेका शेरी ले पछिल्लो समय ऐतिहासिक गीत शितलु छाँया बजारमा ल्याएका छन ।
सुदूरपश्चिमका कृतिमान विषय बस्तुको बारेमा उल्लेख गर्नु भएको छ । राष्ट्रिय विभुती दशरथ चन्द , बैतडी गडि ,डडेलधुराको अमरगढी किल्ला, खप्तड रा।नि। , रामारोशन ताल, सित्तड भगवती, सेति,काली,कर्णाली, मालिकार्जुन दार्चुला, बार्कुन्डा,बेतकोट ताल,अपिरनाम्पा,सैपाल हिमाल, कैलाली टिकापुर, घोडाघोडी,एसिया कै लामो दोधरा चाँदनी पुल,भिमदत्त पन्त जन्मेको ठाँउ डडेलधुरा ,बडिमालिका बाजुरा,बान्निचैतली बझाङ लगायतका बहु(सौन्दर्यात्मक सुदूरपश्चिमको निकै मीठो बयान गरेको डेउडा दोहोरीले सर्बाधिक बजार पाउने निस्चय गरिएको छ ।