बैतडीको पूर्चौडी नगरपालिका कार्यालय प्रमुख नेपाली नेता बनेर स्थानिय बाट घुसखोरी गर्दै, कैलाली बाट कालोमसो लगाई धपाईएका थिए (अडियो सहित)

धनगढी १६,विष्णु भट्ट : बैतडीको पूर्चौडी नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत विर बहादुर नेपाली सम्पर्कमा आएका छन् । पूर्चौडीका प्रमुख अधिकृत नेपाली विगत २० दिन देखी सम्पर्क विहिन भएका थिए ।

उनि सोमबार सम्पर्कमा आएका हुन् । एक्टिभ एफ.एम.न्यूज डट. कमले सोमवार विहान सम्पर्क गर्दा उनले फोन उठाएनन् तर एक्टिभ एफ.एम.न्यूज डट.कम. बाट समाचार प्रकाशन भएपछि उनले हामीलाई सम्पर्क गरे ।

पूर्चौडी नगरपालिका नेकपा एमाले नगरकमिटि सचिवालय सदस्य रोशन भट्टका अनुसार धनगढी सामान किन्न जान्छु भनी गएका थिए । प्रमुख अधिकृतले नगर प्रमुख लाई आफ्नो अन्डरमा राखेर काम गर्ने गरेको बताईएको छ ।निवर्तमान नगर प्रमुख रण बहादुर कुवँरलाई पनि उनले हाँतमा लिएर कर्मचारी नियूक्ति गर्दा र विकास निर्माणका काम गर्दा मोटो रकम लिएको सदस्य भट्टले दावि गरे । उनले नगर पालिकामा नेता बनेर स्थानिय बाट घुसखोरी गरेर काम गरीरहेको आरोप लगाए । भट्टका अनुसार पुर्चाैडीमा १० वटा वडारहेको तर कसैमा वडामा पनि सचिप नपठाएको जानकारी दिए । उनका अनुसार एकातिर वडामा सचिव नहुदा मारमा परेका स्थानीय अर्को तिर नगरपालिकामा काम गर्न जादा घुस तिर्नु पर्दा समस्यामा परेका छन् ।

 प्रमुख अधिकृत नेपाली २० दिन देखी सम्पर्क बिहिन भएको सुचना पाउँदा एक्टिभ एफ.एम.न्यूज डट.कम. का संवाददाताले प्रमुख अधिकृत नेपाली लाई प्रत्यक्ष फोन गरेर कहाँ हुनुहुन्छ, तपाई के गर्दै हुनुहुनछ, भनेर सोध्नु भएको थियो । प्रमुख अधिकृत नेपालीले बिरामी भएको बाहाना गरेर काठ्माण्डौ उपचार गरीरहेको बताए । उनले पुर्चौडी बाट लिनलाई गाडि आयो भने दुई चार दिनमा कार्यालय पुग्ने बताए । उनलाई पालीका बाट लग्न गाडी आउनु पर्ने देखियो । धनगढी बाट पूर्चौडी जान आउँन कर्मचारीहरुलाई गाडीको आवश्यता पर्ने रहेछ,त्यो पनि आफन्त विरामी भएर । उनी आफन्तको उपचार गर्न पालिककै गाडीमा सवाँर भएका थिए जुन कानुन विपरित छ । सरकारी कामकाजको लागि पनि सम्बन्धित जिल्ला प्रसाशनको अनुमती लिएर मात्रै गाडी चलाउँन पाईने व्यवस्थां छ तर उनले पालिकामा जान गाडी मगाउने र गाडी आए पछि २ दिन भित्रमा कार्यालयमा उपस्थित हुने बताए ।उनले आफू काठ्मान्डौमा रहेको बताए । झुट किन बोल्नु हुन्छ भन्ने प्रश्नमा उनले हाम्रो कुनै वास्ता नगरी फोन काटे ।

सार्वजनिक स्थानमा काम गर्ने जुनसुकै व्यक्तिले सम्बन्धित विषयमा जवाफ दिनु पर्ने हुन्छ तर उनले तिमिहरुले समाचार लेख्दैमा फरक नपर्ने भन्दै धम्की दिए ।  उनी धनगढीमा भएको नगर प्रमुख दिपक बमले जानकारी दिए ।नगर प्रमुख बमले हिजो मात्रै धनगढीमा भेटेर आएको बताए । बिरामी भएर काठ्माण्डौ गएको कुरा गलत भएको उनको भनाई छ ।उनले भने गलत कुरा गर्नु हुन्न उनको आफन्त विरामी भएर धनगढी गएका हुन् । प्रमुख बमले पालिकाको टेन्डरको काम गर्न पनि उनी धनगढी आएको बताए ।

 

 

पालीकाका कर्मचारीको बारेमा नगर प्रमुख बेखबर छन् ।  नेपाली यस अघि कैलालीबाट कालो मसो दलेर धपाईएका व्यक्ति समेत हुन् । उनी भ्रष्टाचार गर्न माहिर छन् । अहिले पनि उनले करारमा कर्मचारी नियूक्त गर्न पेश्की रकम लिईसकेको स्रोतको दावी छ ।

 पालिकामा व्यापक भ्रष्टाचार हुने गरेको छ । कार्यालय प्रमुख विर बहादुर नेपाली लगाएतका कर्मचारी कार्यालयमा नहुदा सेवा ग्राही मारमा परेका छन् ।तर नगर प्रमुख बमले भने निमित्तमा कर्मचारी भएकोले कामकाजमा समस्या नभएको बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.